काठमाडौं । माइतीघर मण्डलामा अनुमति नलिइ आन्दोलन गर्न पुगेका जेनजी अभियान्ताहरुलाई प्रहरीले अघि बढ्न दिएको छैन । जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेको थियो ।
तर प्रशासनले अनुमति दिएन । प्रशासनले अनुमति नदिएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेनजी अभियान्तालाई प्रहरीले रोकेको छ । सो क्रममा धकेलाधकेल भएको छ ।
प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार


