‘परिवर्तन’ पोस्टर : सुशीलको हातमा बन्दुक, अञ्जना पुलिस इन्स्पेक्टर !

काठमाडौँ । पछिल्लो समय एक्सन भूमिकामा देखिँदै आएका कलाकार हुन् सुशील श्रेष्ठ । उनी अभिनीत नयाँ फिल्म ‘परिवर्तन’ आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्ममा पनि उनी एक्सन भूमिकामै देखिन लागेको छन् । जसको जानकारी निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै दिएको छ ।

बुधबार सार्वजनिक फिल्मको पोस्टरमा अभिनेता श्रेष्ठ घाइते शरीर, रक्ताम्मे अनुहार र हातमा कसिएको बन्दुकका साथ प्रस्तुत छन् । जसले उनको फिल्ममा एक्सन अभिनय रहेको अनुमान गर्न सकिन्छ । दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको पोस्टर अभिनेत्री अञ्जना बराईली प्रहरी इन्स्पेक्टरको बर्दीमा देखिएकी छन् । सधैंको सफ्ट र रोमान्टिक भूमिकाबाट देखिँदै आएकी बराइलीको इन्स्पेक्टर अवतारमा तिखो र गम्भीर हेराइ छ । जसले उनी अपराध र न्यायको लडाइँमा कुनै सम्झौता नगर्ने अफिसरको भूमिकामा झनक दिन्छ ।

पोस्टरमा दिग्गज हस्तीहरू सरोज खनाल र करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि आ–आफ्नै क्यारेक्टर लुक्समा देखाइएको छ, जसले कथामा उनीहरूको भूमिका अर्थपूर्ण रहेको जनाउँछ ।

विजय केरुङ निर्देशित फिल्म दीपक सिवाकोटीको कथा र निर्माण छ । शिवम अधिकारीको पटकथा र संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व छ ।

सामाजिक कथामा निर्माण भएको बताइएको फिल्म आर.आर. फिल्मसले वितरण गर्दैछ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस