महाधिवेशन विवाद समाधानका लागि देउवा नै सक्रिय, शीर्ष नेतासँग गरे छलफल

नेपाली कांग्रेसमा पार्टीको १५औँ महाधिवेशनलाई लिएर बढ्दै गएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । महाधिवेशनको मिति र प्रक्रिया तय गर्ने विषयमा पार्टीभित्र मतभेद बढिरहेका बेला देउवाले आफू निकटका वरिष्ठ नेता र पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।

छलफलमा सहभागी नेताहरूमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदारलगायतका नेताहरू रहेका छन्। सहभागी नेताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनु पर्ने अडान राखेका छन्।

पार्टीभित्रको विवाद मिलाउन देउवाले आफैं अग्रसर भएको यस छलफलले देखाएको हो । देउवाको सक्रिय पहलमार्फत मतभेद कम गर्ने प्रयास गरिरहेको छ। जेनजी आन्दोलनपछि केही समय निस्क्रिय रहेका देउवा हाल पुनः सक्रिय बनेका छन् । उपचारको लागि विदेशपुगेर फर्किएपछि देउवाले पुनः सक्रियता देखाएका हुन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस