तुलसीपुर / ‘महिला आमा हुन भने सम्मान दिनु, महिला श्रीमती हुन भने इज्जत दिनु, महिला दिदिवहिनि हुन् भने स्नेह दिनु, महिला छोरी हुन भने गर्व गर्नु, महिला अपरीचित हुन भने संरक्षण दिनु’ लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियान सुभारम्भका क्रममा तुलसीपुर उपमहानगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख माया श्रेष्ठले वोलेका अभिव्यक्ति हुन् यिनी ।
अभिव्यक्तिको सन्देश लैंगिक हिंसा भन्दा पनि महिला हिंसाको अन्त्यसंग जोडिएको छ । यो अर्थमा पनि लैगिक हिंसालाई महिला हिंसामा जोडेर यसका विरुद्ध सचेतना अभियान सञ्चालन गर्न नेपालले सोह्र दिन छुट्याएको छ । मंगलबार पहिलो दिन । जिल्लाका दशवटै पालिकाहरुले फरक फरक शैलिमा अभियान उद्घोष गरे । प्रदेश सरकारले पनि आफ्नै शैलिमा कार्यक्रमको सुभारम्भ गरेको छ । गैरसरकारी संघसंस्थाहरु पनि यो अभियानमा जोडिए ।
लैगिक हिंसा विरुद्धको अभियानलाई मानव अधिकारको अभिन्न अंगका रुपमा पनि हेरिएकाले लैंगिक हिंसालाई सामाजिक रुपमा निन्दनिय र कानुनी रुपमा दण्डनिय अपराधका रुपमा पनि स्वीकार गरिएको छ । यद्यपि हिंसा हुनै नदिनकालागि यो अभियान हो । समाजमा लिंगका आधारमा गरिने कुनैपनि विभेदलाई लैंगिक हिंसाका रुपमा लिने गरिएको छ । हाम्रो समाजमा लैंगिक हिंसाका अनेक स्वरुप हुन सक्छन् ।
काममा विभेद, काम गरेको पारीश्रमिकमा विभेद, शिक्षामा विभेद, स्वास्थ्यमा विभेद अनि सहभागिता र नेतृत्वमा पनि विभेद गरिएका अझैपनि थुप्रै उदाहरणहरु छन् हाम्रो समाजमा । महिलालाई कलिलै उमेरमा विवाह गरीदिनु पनि एउटा लैंगिक हिंसा हो । जवर्जस्त काममा लगाउनु पनि हिंसाकै रुप हो । लैंगिक आधारमा कसैलाइ अवसर प्रदान गर्नु र कसैलाइ पाखा लगाउनु पनि हिंसाकै स्वरुप हो । यो यति विकराल अवस्था बन्दै आएको छ कि यसले सामाजिक विचलन मात्र होइन, लैगिक हिंसाकै कारण आत्महत्याका घटनाहरु समेत हामी सामु छताछुल्ल देखिन्छन् ।

सोह्र दिने अभियानकै उद्घोष गरिरहंदा तुलसीपुर उपमहानगरपालिकामा प्राप्त उजुरीका आधारमा लैंगिक हिंसाको स्वरुप परीवर्तन त भएको छ, तर हिंसाका घटनाहरु भने बृद्धि भएको देखिन्छ । जनश्वास्थ्य प्रवद्र्धन शाखाका जनश्वास्थ्य निरिक्षक विमल केसीले प्रस्तुत गरेको तथ्यांकमा लैगिक हिंसाका घटनाहरुमा वहुविवाह, वालविवाह, जर्वजस्ती करणि, अबैध गर्भपतन, सामुहिक बलात्कार, वाल यौन दुराचार, हाडनाता करणी, दलित हिंसा, सामाजिक हिंसा, घरेलु हिंसा गरी कम्तिमा ८४ वटा उजुरीहरु उपमहानगरपालिकामा परेका छन् । यस्ता उजुरीहरु अघिल्लो आर्थिक बर्ष ४ सय ५६ थिए । यो तथ्यांक हेर्दा हिंसाका उजुरी घटेका छन्, तर स्वरुप फेरीएर फरक प्रबृत्तिका हिंसाका घटना भने दोहोरीइरहेका छन् ।
हिंसाको परीभाषा त्यति सहज त छैन । हेर्दापनि हिंसा, नहेर्दा पनि हिंसा, बोल्दा पनि हिंसा, नबोल्दा पनि हिंसा, छुंदा पनि हिंसा, नछुंदा पनि हिंसा हुन सक्छन् । यता तिर नजाने हो भने हाम्रो समाजमा अपराधका रुपमा हुने हिंसालाइ हामीले न्युनिकरण गर्न सक्ने छौं । यसकालागि दण्डहिनताको अन्त गरी सुन्य सहनशिलता आवस्यक हुन्छ । अनि हामीले लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियान चलाइरहंदा यसमा सवैभन्दा पहिले आत्मसमिक्षा र आफ्नो व्यवहारका विषयमा पनि आत्मलाइ नढाटेर प्रष्ट हुनु आवश्यक छ । मेरो घरमा हिंसा छैन भनेर सवै नागरिकहरुले आफ्नो मात्रै जिम्मा लिने हो भनेपनि हिंसा अन्त गर्न कुनै वाह्र बज्ने अवस्था रहने छैन । यसो भएमा यो सोह्र दिने अभियान पनि मनाइरहनुपर्ने छैन ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले लैंगिक हिंसा विरुद्धको अभियान तुलसीपुर उपमहानगरपालिकाकै प्रांगणबाट सुरुआत गरिएको छ । लंैगिक हिंसा विरुद्धका नाराहरु लेखिएका प्लेकार्ड बोकेका अभियन्ताहरुले हिंसा न्युनिकरणको प्रतिवद्धता दोहो¥याएका छन् । कार्यक्रममा स्कुले विद्यार्थिहरु, मानव अधिकारकर्मिहरु, उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, न्युसिपिसिका प्रतिनिधि, वेस, नेपाल रेडक्रस सोसाइटि, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लगायत सन्चारकर्मिहरुको समेत प्रतिनिधिमुलक उपस्थीति रहेको थियो ।
‘प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसाको अन्त्य गरौं भन्ने सरकारको मुल नारा र तुलसीपुर उपमहानगरपालिकाको नारा तुलसीपुर उपमहानगरपालिकाको प्रतिवद्धता लैगिक हिंसा विरुद्धको सुन्य सहनशिलता भन्ने नाराका साथ कार्यक्रमको सुभारम्भ भएको छ । अभियान सोह्रदिने भनिएपनि यसलाइ बर्षभरिनै कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाइयो ।
सामाजिक विकाश समितिका संयोजक मान वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संरक्षक एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुली लगायतले लैगिक हिंसा विरुद्धको प्रतिवद्धता जाहेर गरेका थिए । महिला तथा वालवालिका शाखाका कर्मचारी इश्वरा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महिला तथा वालवालिका शाखा प्रमुख मायां श्रेष्ठले गरेकि थिइन् ।
– साक्षी खबरवाट


