सुनको मूल्य १३ सयले घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १०० पुगेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार १८५मा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस