नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्ष्य गर्दै कस्तो चुनाव गराउन खोजेको भन्ने प्रश्न गरेका छन्।
आज बाराको सिमरामा भएको घटनाका सन्दर्भ उप्काएर अध्यक्ष ओलीले सभा गर्न खोज्दा गुण्डा लगाइएको दाबी गर्दै कस्तो चुनाव गर्न खोजेको भन्ने प्रश्न गरेका हुन्।
एमालेनिकट युवा संघले आज बाराको परवानीपुरमा जागरण सभा गरेको छ। उक्त सभाका लागि महासचिव शंकर पोखरेल लगायत नेताहरू काठमाडौंबाट जाने कार्यक्रम थियो।
तर सिमरा विमानस्थल क्षेत्रमा जेनजी पुस्ता र एमाले समर्थिन युवाबीच झडप भएर बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ।
प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार


