राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग आफ्नो वेबसाइट ह्याक भए पनि त्यहाँ रहेका सबै डाटा सुरक्षित रहेको जनाएको छ ।
विभागका कम्प्युटर अधिकृत राम थापाले वेबसाइट आधा घण्टा अगाडिदेखि ह्याक भएको बताए । यद्यपि, त्यहाँ रहेका सबै डाटा सुरक्षित रहेको उनको भनाइ छ ।
‘करिब आधा घण्टा भइसक्यो ह्याक भएको, डाटा भने सबै सुरक्षित छन्, हामी क्षति हुन नदिने गरी काम गरिरहेका छौं’, उनले शिलापत्रसँग भने ।
विभागको वेबसाइट ह्याक गरेर ह्याकरले दुर्गा प्रसाईंलाई २४ घण्टा रिहा गर्न भन्दै सन्देश लेखिदिएका छन् ।
प्रसाईं गएराति पक्राउ परेका छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर २ गते मङ्गलवार


