सुनको मूल्य १३ सय घट्दा चाँदी पनि सस्तियो

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १३ सय र चाँदीको मूल्य प्रतितोला ९० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस