जेनजी आन्दोलनले व्यक्तिका घरहरुमा पनि तोडफोड

घोराही । जेनजी आन्दोलनले सार्वजनिक सम्पति मात्र होइन व्यक्तिगत घरहरु पनि तोडफोड हुनुका साथै जलाएका छन ।

घोराही उप उपमहानगर पालिका वडा नं.१४लाली गुरास टोलका ४५ वर्षिय याम बहादुर बिश्वकर्माको घर पनि जेनजिद्वारा यहिँ भाद्र २४ गतेका दिन तोडफोड गरिएको छ ।

यामबहादुर केही बर्ष आगडि देखि नेकपा एमालेका सक्रिय सदस्य थिए उनी एमाले पार्टीको झण्डा बोकि प्रचार् प्रचारमा अग्रसर हुने र विभिन्न कार्यक्रम हरुमा समाबेस हुने गरेका थिए । नेकपा एमाले पार्टीमा आवद्ध उनी केही बर्ष यता घरमा नभएकोले ज्यान जोगाउन सफल भएका थिए । याम बहादुरलाई जेन–जिका युबाहरु खोज्न गएको र नभेटे पछि घरमा तोडफोडका साथै उनका श्रीमति सबिना सेर्पाइली बि.के.लाई तेरो श्रीमान कँहा छ ? भनी विभिन्न किसिमका डर धम्की समेत दिएको श्रीमति सबिना सेर्पाइलीले जानकारी दिइन ।

दाङ जिल्लामा जेनजी आन्दोलनमा युवाहरुले नेता शंकर पोख्रेल, कोमल वली, गेहेन्द्र गिरी, डिल्ली वहादुर चौधरी लगाएतका घरहरु पनि तोडफोड गर्नुुका साथै जलाइएका थिए भने दर्जनौं सरकारी कार्यालयका भवनहरु समेत तोडफोड हुनुका साथै जलाइएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस