बडादशैँको पहिलो दिन बढ्यो सुन–चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा बडादशैँको पहिलो दिन सोमबार सुन–चाँदीको भाउ वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै सोमबार चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदी आइतबार प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस