बिजौरी । क्यान्सर संग जुधिरहेका स्तन क्यान्सर पीडित ५६ वर्सिय कृष्णि दमाई लाइ रेडक्रस सोसाइटी नेपाल बिजौरी शाखाले खाद्यान्न सहयोग गरेको छ ।
तुलसीपुर -१८ मनिकापुर आफ्नै घरमा पुगि उहाँ श्रीमान गोरे दमाईलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी शाखाका अध्यक्ष बालकृष्ण रेग्मीले आर्थिक स्थिति अलि कम्जोर भएकोले खाद्यान्न सहयोग गरेको जानकारी दिनु भएको छ ।
५६ वर्सिय दमाईलाई ५० केजि चामल , ५ केजि आलु , ५ केजि स्वाविन , २ केजि दाल, २ लिटर तेल, १ केजि नुन , फलफुल लगायतका सहयोग गरेको सचीव मुकेश वलिले जानकारी दिनु भएको छ ।
उहाँ ४ महिना अघिदेखि क्यान्सर पीडित हुनुहुन्छ ।
प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार


