पार्टीको महाधिवेशन निर्धारित समयमै हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका हुन्।

‘एउटा सानो कुरा थियो। टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो। सानो कुरा हो। ठूलो कुरै होइन,’ उनले भने, ‘कांग्रेस महाधिवेशन समयमै हुन्छ। कहाँबाट हुनु झुटो कुराहरू हो।’

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको पनि दोहोर्‍याए।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस