तुलसीपुर । दाङमा आजदेखि सुनचाँदीका पसलहरू अनिश्चितकालीन बन्द भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा बहुधातु जन्य बस्तुमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरूले आन्दोलनलाई थप सशक्त बनाउदै शुक्रबार देखी व्यवसाय बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सयुंक्त आह्वानमा देशभरका सुनचाँदीका पसलहरु बन्द भएका हुन् । सोही अनुसार तुलसीपुरमा पनि विहानै देखी सुनचाँदीका पसलहरु बन्द भएको तुलसीपुर दाङ सुनचाँदी व्यवसाय संघ तुलसीपुरका अध्यक्ष हरिकृष्ण विकले जानकारी दिनुभयो ।
उहाले अहिले व्यवसायहरू पसल बन्द गरेर विरोध प्रर्दशनको तयारीमा जुटेको जानकारी दिनुभएको । अहिले हामी पसल बन्द गरेर बैठक बसीरहेका छौ, उहाले भन्नुभयो विरोध प्रर्दशनको तयारी बारे छलफल भइरहेको छ । अव्यवहारिक करको विरोधमा पटकपटक सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएको भन्दै थप सशक्त र व्यवस्थित ढङ्गले दबाबमूलक कार्यक्रमहरू अघि बढाइने उहाले बताउनु भएको छ ।


