सरसफाई सप्ताहको अवसरमा सञ्चारकर्मी र खानेपानी महासंघसँग अन्तरक्रिया

घोराही । खानेपानी तथा सरसफाइ कार्यालय दाङको आयोजनामा जिल्लाका सञ्चारकर्मी तथा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सहयोग गरेको बताए । नागरिकलाई खानेपानीको उपलब्धता गराएर राज्यलाई सहयोग पु¥याएको उनको भनाइ थियो । खानेपानी संस्थाहरूलाई विद्युत महसुलमा छुट दिनुपर्ने बताए । यसका लागि आफूले आप्mनो स्थानबाट पहल गर्ने बताए । पानीको मुहान सुक्दै गएको भन्दै पानीको संरक्षणमा सरोकारवाला सबै लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष खेमराज वलीले राज्यले गर्नुपर्ने काम संस्थाले गरे पनि राज्यले आफूहरूलाई सहयोग नगरेको बताए । विभिन्न वहानामा राज्यले दुःख दिने गरेको बताए । विद्युत महसुलमा सहुलियत, सहुलियतमा ऋण दिनु पर्ने भए पनि राज्यले त्यस्तो व्यवस्थापन गर्न नसकेको बताए । खानेपानी संस्थाको विगठन तथा खारेज गर्नसक्ने जस्ता कानुन निर्माण भएको भन्दै यसविरुद्ध एकताबद्ध भएर सरोकारवाला सजग रहनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले उपभोक्ताले सहज रूपमा स्वच्छ, सुलभ रूपमा खानेपानी पाउनुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष धु्रव ठकुरीलगायतले भनाइ राखेका थिए । स्थानीय महासंघका प्रमुख तथा प्रतिनिधिले पालिका स्तरमा भएका समस्या र गतिविधिबारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण कार्यालयका प्राविधिक गजेन्द्र बहकरीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस