फेरि सर्‍यो संसद् बैठक, अब आइतबार बस्ने

काठामाडौ । संसद् बैठक नबसी स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएको हो।

अब आइतबार दिउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ।

बैठक बस्ने सन्दर्भमा भिजिट भिसा प्रकरणको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन।

प्रतिपक्षले उक्त प्रकरणमा छानबिन समिति बनाउनैपर्ने अडान कसेको छ भने सत्तापक्ष त्यसका प्रति उदासीन छ।

सत्तापक्ष र प्रतिपक्षको चेपुवामा परेको संसद् जेठ १४ गतेयता बस्न सकेको छैन।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस