वन जोगाउन समन्वयको आवश्यक हुनुपर्नेमा जोड

मानपुर । वनलाई जोगाउन वन कार्यालय र स्थानिय तहको समन्वय हुनु पर्ने भन्दै यस तर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन । विजौरी सव डिभिजन वन कार्यालयको आयोजनामा स्थानीय तह विच अन्तरक्रिया कार्याक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका थिए ।

वन कार्यालय र स्थानिय तहको विच समन्वय अति आवश्यक छ भन्दै तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टिकाराम खड्काले वन जोगाउनका नाममा हाम्रा कतिपय विकास योजनाहरु रोकिएका छन भने कतिपय स्थानमा वन जोगाउन सकिएको पनि छैन । भन्दै अव सबैको समन्वय हुन आवश्यक छ । प्रमुख अतिथि समेत रहेका खड्काले वनका विषयमा अव सबैको चासो र चिन्ता भएको वताए ।

कार्याक्रममा तुलसीपुर उपमहानगर पालिकाका वडा नं १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, १६ का वडाध्यक्ष शिवानन्द डाँगी, १७ का वडाध्यक्ष थलराज पुरी, १९ का वडाध्यक्ष प्रेमनाथ योगी, १८ का वडा सदस्य धन वहादुर वस्नेत, वातावरणविद् डिल्लीवहादुर रावत लगाएतकाले वन जोगाउनका लागि सबैको महत्व रहेको वताएका थिए ।

वरिष्ठ फरेष्टर विरजंग वलीले विजौरी सव डिभिजन वन कार्यालयले यस क्षेत्रमा वर्षभरि गरेका प्रगति र स्थितीका वारेमा प्रकास पारेका थिए भने विजौरी सव डिभिजन वन कार्यालयका प्रमुख रामाज्ञा शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस