काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन्।
आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए।
उनले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गरे। सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उनको आरोप छ।
अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार


