काठमाडौंमा अझै वायु प्रदूषण बढ्ने जोखिम

काठमाडौंको वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ ।
पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो । वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास भने काठमाडौं अझै पनि प्रदूषण सहरको नम्बर एकमा नै पर्ने जोखिम रहेको बताउँछन् ।

उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भए तापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताए ।

उनले भने,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौं ३० नम्बरमा छ । पानी पर्‍यो । हावाहुरी लाग्यो । त्यस कारण पनि सुधार भएको छ । तर फेरी प्रदूषण बढ्ने सम्भावना छ । अब झन् मौसम सुख्खा हुन्छ । अब पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गडबड भइरहन्छ । यो अप्रिल महिनाभर चाहिँ एक नम्बरमा झर्ने सम्भावना रही नै रहन्छ ।’

उनले वायु प्रदूषण कम गर्ने कि नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताए । उनले भने,‘वन डढेलाहरू धेरै मानवहरूको गल्तीले पनि हुने गर्छ । यसले गर्दा प्रदूषण बढ्ने । त्यसैले घटाउने कि बढाउने मानव क्रियाकलापमा पनि निर्भर रहने कुरा हो ।’

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस