वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

चितवन । चितवनमा वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको मृत्यु भएको छ । गएको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट ८ तथा हात्ती र बाघको आक्रमणबाट १/१ जनाको मृत्यु भएको हो । यो आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका हुन् ।

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने गरेको छ । यस्तै घाइतेको उपचारका लागि दुई लाख रुपैयाँसम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस