दाङ । लुम्बिनी प्रदेशमा छ महिनाको अवधिमा ३३ दशमलव ८५ किलोमिटर सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ३३ दशमलव ८५ किलोमिटर सडक कालोपत्रे भएको हो । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/२०८१ को एक वर्षको अवधिमा एक सय ५० दशमलव ४१ किलोमिटर सडक कालोपत्रे भएको थियो । छ महिनाकै अवधिमा ग्राभेल १४ दशमलव दुई किलोमिटर, सडक चौडा ३४ दशमलव तीन किलोमिटर, नयाँ ट्रयाक १५ किलोमिटर भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले जानकारी दिएका छन् । सचिव पन्थीका अनुसार छ महिनाको अवधिमा सडक पुल १२ वटा, झोलुङ्गे पुल दुईवटा कल्भर्ट/कजवे ४८ वटा निर्माण भएका छन् । डिप–ट्युववेल आठवटा सम्पन्न भएका छन् भने २१ वटा निर्माणको चरणमा रहेका छन् । ट्याङकी २४ वटा निर्माण सम्पन्न भएका छन् भने ३३ वटा निर्माणधीन अवस्थामा रहेका छन् । यसैगरी इन्टेक २० वटा सम्पन्न भएका छन् भने दुईवटा कलेक्सन च्याम्बर निर्माण सम्पन्न भएका छन् ।
प्रदेश सरकारमार्फत् एक वर्षमा एक सय ५० दशमलव ४१ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले सडक निर्माण प्राथमिकता दिएर अगाडि बढेको जनाएको छ । यसै अनुसार सडक कालोपत्रे, सडक विस्तार, नयाँ ट्रयाक खोल्ने, ग्राभेल गर्ने काम गरेको मन्त्रालयले जनाएको छ । नागरिकमा सहज यातायात पु¥याउन सडकलाई प्राथमिकता दिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयकाको तथ्याङ्क अनुसार रुपन्देही जिल्लामा २१ दशमलव ५९ किलोमिटर, कपिलवस्तुमा १४ दशमलव १७ किलोमिटर, पाल्पामा तीन दशमलव २४ किलोमिटर, गुल्मीमा २३ दशमलव ४२ किलोमिटर, अर्घाखाँचीमा १३ दशमलव ९७ किलोमिटर कालोपत्रे गरिएको छ । यसैगरी प्युठानमा नौ दशमलव ७५ किलोमिटर, रोल्पामा १० किलोमिटर, बर्दियामा २४ दशमलव ४० किलोमिटर, बाँकेमा २० दशमलव २७ किलोमिटर र दाङमा १९ दशमलव ५० किलोमिटर सडक कालोपत्रे भएको गरिएको छ ।
एक वर्षको अवधिमा प्रदेशमा २९ दशमलव ७९ किलोमिटर ग्राभेल गरिएको छ । रुपन्देहीमा २२ दशमलव ५९ किलोमिटर, कपिलवस्तुमा नौ दशमलव २० किलोमिटर, पाल्पामा १० दशमलव १४ किलोमिटर, गुल्मीमा ४० दशमलव ३० किलोमिटर, अर्घाखाँचीमा ४३ दशमलव ३८ किलोमिटर, प्युठानमा नौ दशमलव ४० किलोमिटर सडक ग्राभेल गरिएको छ । यसैगरी रोल्पामा तीन दशमलव ३२ किलोमिटर, रुकुमपूर्वमा शून्य दशमलव ७९ किकलोमिटर, बर्दियामा १९ दशमलव ८३ किलोमिटर, बाँकेमा १२ दशमलव ७२ किलोमिटर, दाङमा ३८ दशमलव १२ किलोमिटर सडक ग्राभेल भएको छ । यसैगरी यस अवधिमा एक सय ५५ दशमलव १२ किलोमिटर सडक विस्तार गरिएको छ ।
पाल्पामा २३ दशमलव ६६ किलोमिटर, गुल्मीमा ३८ दशमलव ६० किलोमिटर, अर्घाखाँचीमा २४ दशमलव ९२ किलोमिटर, प्युठानमा २५ दशमलव ७५ किलोमिटर, रोल्पामा नौ दशमलव ३१ किलोमिटर सडक विस्तार गरिएको छ । यसैगरी रुकुमपूर्वमा शून्य दशमलव सात किलोमिटर, बाँकेमा १२ दशमलव ८२ किलोमिटर, दाङमा ११ दशमलव २८ किलोमिटर सडक विस्तार भएको छ । यसैगरी लुम्बिनीमा एक वर्षको अवधिमा ९४ दशमलव १७ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । पाल्पामा तीन दशमलव ९२ किलोमिटर, गुल्मीमा २९ दशमलव ८० किलोमिटर, प्युठानमा १८ दशमलव २४ किलोमिटर, रोल्पामा पाँच दशमलव ४२ किलोमिटर, रुकुमपूर्वमा २७ दशमलव २७ किलोमिटर, बाँकेमा दुई दशमलव २० किलोमिटर र दाङमा सात दशमलव ३२ किलोमिटर नयाँ ट्रयाक खोलिएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।


