तुलसीपुर । लेखापढी कानुन ब्यवसायी एशोसियन इकाई समितिको दशौ बार्षिक साधारण सभा तथा ४ औ अधिवेशनले बिनोद न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
यसैगरि उपाध्यक्षमा टेक बहादुर खडका , सचिवमा तिलकराम शर्मा , सह सचिवमा सुमन रेग्मी , कोषाध्यक्षमा भिम बहादुर खत्री ,सह कोषाध्यक्षमा कुमार न्यौपाने र सदस्यहरुमा सुनिल पान्डे रेशम राज न्यौपाने ,यादव प्रसाद कडेल , नवराज गौतम ,डिल्लीराज कडेल झग्गु प्रसाद ओली र उमावती सुनार रहेका छन् ।अधिवेशन तुलसीपुरमा शुक्रबार र शनिवार गरि दुइृदिन सम्म भएको थियो ।
अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता तथा नेपाल लेखापढी कानुन ब्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन के.सी.को प्रमुख आतिथ्यतामा अधिवेशा तथा सभा सम्पन्न भएको हो । अधिवेशनका प्रमुख अतिथी उपाध्यक्ष क्षेत्रीले लेखा पढि ब्यबसायलाई कुरै नबुझी बिचौलियाको संज्ञा दिने गरेकोमा चिन्ता ब्यक्त गरे । उनले हाम्रो संगठन नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गरिरहेको बताए ।
हाल आफ्नो संगठन राज्यको पाँचौ अंगको कानुन ब्यबसायी भएको हुदा अबिबक्ता र अधिबक्ता हुन पाउनु पर्नेमा आफ्नो संगठनको पक्षमा नेपाल बारले समन्वय गरि रहेको जानकारी गराए ।

यसैबिच मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख खिम बहादुर खड्काले जनतामा निहित भएका काम लेखापढी कानुन ब्यबयीहरुले सहजिकरण गर्ने र मालपोतले सेवा दिने कार्य गर्नेमा जोड दिए उनले सरकाले बनाएका ऐन कानुन बमोजिम मालपोतले काम गरेको बताए ।
कार्यक्रममा इकाइ समिति घोराहीका अध्यक्ष पर्शुराम डाँगी , इकाई समिति लमहीका अध्यक्ष धुप नारायण चौधरी, केन्द्र प्रचार बिभाग प्रमुख नेप बहादुर वली, केन्द्रिय लेखा संयोजक दोर्ण प्रसाद आचार्य, नापी कार्यालय तुलसीपुर का सर्वेक्षक देव बहादुर वली लगाएतले बोलेका थिए ।कार्यक्रममा इकाई समितिका जेष्ठ सदस्य शेवकराम आचार्यलाई सम्मान गरिएको थियो।सभाको बन्द सत्रले प्रस्तुत सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्वत पास गरेको छ ।कार्यक्रमको सहजिकरण सचिव कालिबहादुर चौधरीले गरेका थिए ।


