लुम्बिनी प्रदेश सभा: चौथो बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेश सभा पाँचौं अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेश सभा सदस्यहरूले समसामयिक बिषयमा बिशेष समयमा बोल्ने कार्यसूची रहेको छ।

साथै मुख्यमन्त्री चेतनारायण आचार्यले “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक” सभामा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस