तुलसीपुर । तुलसीपुर स्थीत गोरखा माध्यमिक विद्यालयको चौधौं बार्षिकोत्सव समारोहमा छिर्ने वित्तिकै मुल प्रवेशद्धार नजिकैको एउटा ट्रस्थमा दर्जनौं प्रकृतिका विज्ञानका चमत्कार देखिए । ती सवै चमत्कार अर्थात आवविस्कार गोरखा मावि तुलसीपुरमै पढ्ने विद्यार्थिहरुका थिए । विज्ञानलाइ व्यवहारमा उतारिएको थियो, स्थानिय बस्तुको प्रयोग गरी ।
एउटा स्टलमा कृतिम मानव मुटुले शरीरमा कसरी रक्त सन्चार गर्दछ भनेर रगत पम्पिङ गरीरहेको आकृतिथियो । एउटा खालि सिरिन्जबाट हवाको माध्यमबाट कृतिम मुटु फुल्ने र सुक्ने गरेको दृश्यथियो त्यो । ‘यो हामी दुइ वहिनिको प्रोजेक्ट वर्क हो, हामीदुइले मिलेर यो बनाएकाहौं। कक्षा ७ र कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गरीरहेका विद्यार्थि लक्षु र ललिता भट्टराइले भने । अनिअर्को नजिकैको स्टलमा महिलाहरुमा हुने मासिक धर्मको चक्रको चित्रबनाइएको थियो । हरेक स्टलमा चित्रसंगै आविस्कार गर्ने विद्यार्थिहरुले बार्षिकोत्सवका पाहुनाहरुलाइ व्रिफिङ गरीरहेका थिए ।
कक्षा ९ का विद्यार्थि सज्जन डांगिको टिमले बनाएको थियो, जिपलाइन । विद्युतबाट चल्ने जिप लाइनलाइ उनीहरुले वातावरणमैत्री यातायात सेवादिन सकिने रुपमा व्याख्या गरीरहेका थिए । सडक खन्दा धेरै वातावरणिय विनास हुने भएकाले जिपलाइन मार्फत मानिसलाइ यातायात सेवामात्र नभएर सामान ढुवानीमा पनि सहजताआउने भन्दै उनीहरुले अतिथिहरुलाइ सुझाइरहेका देखिन्थे । संगैको स्टलमा थियो, अटोमेटिक वाटर डिस्पेन्सर । अर्थात धारामा हातथापेपछि अटोमेटिक पानीआउने प्रविधि । फोक्सोले कसरी स्वास प्रश्वास गरेर हाम्रो शरीरको सवै भागमाअक्सिजन पुग्छ भन्ने पनिफोक्सोको क्रियाकलाप देखाइएको थियो, चित्रका माध्यमबाट ।

थरीथरीकाआविस्कार थिएनन् त्यहां । थिए परम्परागत पर्व अनुसारका गहनाहरु, जातजातीका पहिरनहरु, जातिय संस्कृतिअनुरुपमाऔजारहरु पनि विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएकाथिए । विद्यालयको वार्षिकोत्सवमा कतिजनाको सहभागिता भयो भनेर तस्वीर सखित ल्यापटपमा रेकर्ड गर्ने प्रविधि समेत विद्यार्थिहरुले बनाएका थिए । सौर्य प्रणालिको पनि सचित्रव्याख्या गरीरहन्थे विद्यार्थिहरुले । ‘हामीले सिकाएका कुरालाइ कसरी व्यवहारमै उतार्न सकिन्छ भनेर विद्यार्थिहरुलाइ प्राक्टिस गर्न लगाउछौं, सोहि अनुसार उनीहरुले यस्ता चमत्कारहरु निर्माण गरेकाहुन्’, गोरखा माविका विज्ञान संकायप्रमुख विष्णु भण्डारीले भने । गोरखा स्कुलले करीवदशक अघिदेखिआफ्नो बार्षिकोत्सवमा यसरीनै विज्ञान प्रदर्शनीलाइ महत्वदिएको विद्यालयका प्राचार्य विजयमान जिएमले बताए ।

त्यसो त बार्षिकोत्सवको रौनककला संस्कृति, कविता र अन्य प्रस्तुतीले बढाएको थियो । बार्षिकोत्सवमा थुप्रै अतिथि बोलाएर शुभकामना मन्तव्य दिएर बार्षिकोत्सव मनाउने परम्परा भन्दाअलि फरक शैलिमा गोरखा मावि तुलसीपुरले बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवकै अवसरमा झरना सापकोटाको ‘मेरो पहिलो महिनावारी’बोलको कतिवाले सवैलाइ भावुक एवं लज्जित बनाएको थियो । उनको प्रस्तुतीमा महिलाहरुलाइ मासिक श्राव भएका वेला परीवार र समाजले कस्तो व्यवहार गर्छन भन्ने सन्देश दिएको थियो । अनि सत् व्यवहार गर्न सुझाएको पनि थियो ।
तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काको प्रमुखआतिथ्यमा भएको बार्षिकोत्सव कार्यक्रममा गोरखा ग्रुपका सिइओ नोवल जिएमले गोरखा ग्रुपले दाङमा जम्मा चारवटा स्कुल सन्चालन गरीरहंदा दश हजार विद्यार्थिलाइ जिम्मा लगाइएकोमा गौरवको अनुभुति भएको बताए । साथै दंगालिले दिएको यो शैक्षिक जिम्मेवारीलाइअझै दरिलो बनाउन गुणस्तरीय एवं समय उपयोगी शिक्षामा गोरखाग्रुप प्रतिवद्ध रहेको बताए । शिक्षा राम्रो हुन शिक्षक विद्यार्थि र अभिभावक वीच त्रिकोणात्मक संबन्ध र हातेमालो हुन आवस्यक रहेकाले गोरखाग्रुपले सोहि अनुरुपको शैक्षिक गन्तव्य तय गरेको पनि उनको अभिव्यक्ति थियो ।
गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानवहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रकाअभियन्ताहरु एवं गोरखा स्कुल सन्चालकहरुको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका—६ काअध्यक्ष बर्षात भण्डारी, गोरखाग्रुप तुलसीपुरका अध्यक्ष विष्णु घर्तिमगर, राष्ट्रिय परीक्षावोर्डका अध्यक्ष कमल अर्याल, राप्ती ववइ क्याम्पसका प्रमुख गणेश पार्धेलाइ आमन्त्रण गरिएको थियो । विद्यालयका शिक्षक पुर्ण विक्रम डांगी र कमल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्राचार्य विजय जिएमले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो विद्यालयका एकेडेमिक डाइरेक्टर दुर्गा वहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा गोरखा माध्यमिक विद्यालयको मुखपत्र पनि विमोचन गरिएको थियो ।


