रसुवा–भोटेकोशी बाढीपीडितका लागि गोरखा समूहले दियो १० लाख बढी सहयोग

घोराही । रसुवा–भोटेकोशी बाढीपिडितलाई सहयोग स्वरुप दाङको गोरखा समूहले १० लाख १ हजार १ सय ४७ रुपयाँ जम्मा गरेको छ । गोरखा समूह अन्तर्गत सञ्चालित विद्यालय र कलेजका साथै शिक्षक र कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहका प्रमुख कार्यकारी अधिकृत नवल जिएमले बताए ।

गोरखा स्कुल घोराही र शिक्षक तथा कर्मचारीबाट २ लाख ५३ हजार, गोरखा स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट २ लाख ३१ हजार ४ सय ४५, गोरखा स्कुल लमही र शिक्षक तथा कर्मचारीबाट १ लाख ५६ हजार र गोरखा स्कुल लालमटीया र शिक्षक तथा कर्मचारीबाट ७९ हजार संकलन गरिएको थियो ।

यसैगरी गोरखा रेसिडेन्सिएल स्कुल तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ४५ हजार १ सय ३३, भिक्टोरीया कलेज र शिक्षक तथा कर्मचारीबाट ५० हजार ४ सय ५८, गोरखा मोडेल कलेज तुलसीपुर र शिक्षक तथा कर्मचारीबाट ५० हजार र स्वर्णीम देउखुरी कलेज र शिक्षक तथा कर्मचारीबाट ३५ हजार जम्मा भएको छ ।

यस्तै, गोरखा पब्लिक हस्पिटलबाट १ लाख १ हजार १ सय ११ रुपयाँ गरी १० लाख १ हजार १ सय ४७ रुपयाँ कोषमा जम्मा गरिएको जिएमले जानकारी दिए । गोरखा समूह पूर्व गोरखा सैनिकहरुले स्थापना गरेका हुन् ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस