दाङका चार विद्यालयका विद्यार्थीको मुटु जाँच

तुलसीपुर । मनमोहन कार्डियोथारसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरद्धारा दाङमा पहिलो पटक १८ वर्षमुनिका बावबालिकाको मुटुरोग सम्बन्धि निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन भएको छ । तुल्सीबाल अस्पतालका डा किशोर खत्रीको संयोजनमा मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी पौडयाल सहितको टोलीले विरामीलाई निशुल्क उपचार दिएका हुन । दाङका चार विद्यालयका विद्यार्थीहरुको मुटु जाँच गरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले चार विद्यालयका विद्यार्थीहरुको मुटु जाँच गरेको हो ।

राष्ट्रिय कार्यकम अन्तर्गत सातवटै प्रदेशका केही विद्यालयका विद्यार्थीहरुको मुटु जाँच गर्ने कार्यक्रम अन्तर्गत शुुक्रबार दंगीशरण गाउँपालिका वडा नं.६ स्थित सिद्ध पृथ्वी जनता माविका विद्यार्थीहरुको मुटु जाँच गरिएको थियो । यस अघि दाङकै तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर मावि रक्षाचौर, तुलसीपुर १२ को चन्द्रोदय मावि जसपुर, दंगीशरण गाउँपालिका २ को ज्ञानोदय मावि सरुवाडाँडाका विद्यार्थीहरुको मुटु जाँच गरिएको डा.चन्द्रमणी पौडेलले बताउनुभयो ।“हामीले सातवटै प्रदेशका केही विद्यार्थीहरुको मुटु जाँच गरेर स्याम्पल लिएका छौं”, उहाँले भन्नुभयो“देशभरका बालबालिकाको मुटुको अबस्था जाँच गर्न हामीले १५ बर्ष मुनीका देशै भरका बालबालिकाको यसरी मुटु जाँच गरेका हौं ।” शुक्रबार अन्तिम दिन लुम्बिनी प्रदेश अन्तर्गत दाङको स्याम्पल लगिएको हो ।

यसरी जाँच गर्दा केही विद्यार्थीहरुको मुटु अप्रेशन गर्नुपर्ने भेटिएपनि अधिकांसको भने स्वस्थ रहेको पाईएको उहाँले बताउनुभयो । गाउँ, शहर, धनी,गरीब, सबै बर्ग र समुदायका बालबालिकाको मुटुको अबस्था बुझ्न यो कार्यक्रम सुरु गरिएको उहाँको भनाई थियो । सरकारले १५ बर्ष मुनीका बालबालिकाहरुको मुटु निःशुल्क उपचार गर्ने गर्छ । यसरी देशै भरिबाट नमूना लिएपछि अन्तिममा प्रतिवेदन बनाएर सार्वजनिक गर्ने उहाँले बताउनुभयो । शुक्रबार अन्तिम दिन लुम्बिनी प्रदेश अन्तर्गत दाङको सिद्ध पृथ्वी जनता माविका विद्यार्थीले यो भन्दा पहिले त्यही रोगको लागि काठमाण्डौँ गएको दुख ब्यक्त गर्दैे अहिले बिद्यालयमा नै चेक चाज गराउदा खुसि ब्यक्त गरे । कसैले पनि नसोचेको र कल्पना समेत नगरेको स्वास्थ्य सेवा लिन पाउदाँ विद्यार्थीहरु खुशि भएको देखिन्थे । शिविरमा रोगको पहिचान गरि औषधीको सेवनबाट उपचार गराउँदा निको नहुने विरामीलाई काठमाण्डौँमा रहेको मनमहोन टिचिंग अस्पतालमा बोलाएर पहिलो प्राथामिकताका साथ उपचार गराउने डा. पौडयालले बताए ।

मानिसहरुले खानपिनमा ध्यान नदिदा दिन प्रतिदिन मुटु सम्वन्धि समस्या भएका व्यक्तिहरु उपचार गराउन आउने भएकोले यो निशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरिएको डा पौडयालले बताए ।


दाङमा चार बिद्यालयमा सञ्चालन गरिएको निशुल्क मुटु स्वास्थ्य शिविरमा छ सय भन्दा बढी वालबालिकाले मुटु सम्वन्धी निशुल्क सेवा लिएका छन् । यो भन्दा पहिले मुटु रोगीहरुले उपचार गराउनकै लागि जिल्ला बाहिर गएर उपचार गराउनु पर्ने वाध्यता थियो भने कुनै समयमा रोगको पहिचान नै नभएर मर्ने दङाली बासीले आफ्नै आगनमा मुटु सम्वन्धिको विशेषज्ञ सेवा पाएका छन् ।


बालबालिकाहरुको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन शिविरको आयोजना गरिएको कार्यक्रमका प्रमुख अथिती तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खडकाले बताउनु भयोे । कार्यक्रममा प्रमुख अतिथि खडकाले मुटु सम्बेधनशील अंग भएकाले शारीरिक रूपले सक्रिय जीवनयापन गर्नुपर्ने, शरीरको उचाइअनुसार तौल सन्तुलनमा राख्नु पर्ने बताउँदै बेलाबेलामा ब्लडप्रेसर तथा मुटुको धड्कन साथै रगतमा कोलेस्टेरोल, सुगर, क्रियटिनको जाँच गराउनु पर्ने बताए । प्रमुख अथीति खडकाले वालवालीकाले जंग फुट नखाई आफनै आमा बाबुले उत्पादन गरेको अन्नवाली बाट बनाएको खाना नास्ता खान बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।


तुल्सी बाल अस्पतालका डा किशोर खत्रीले यदि बेलैमा मुटु रोगबारे सचेतना बढाइएन भने आगामी दिनमा मुटुको समस्या महामारीका रूपमा फैलिने हुँदा आफुले डाक्टरहरुलाई अनुरोध गरि मुटु रोगको शिविरको आयोजना गरेको बताउनु भयो। खत्रीले अति धूमपान तथा मद्यपान, अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (चिनी रोग), व्यायामको कमी, मानसिक चिन्ता वृद्धि (तनावग्रस्त जीवनशैली) एवं धेरै मात्रामा तारेका, भुटेका, पोलेका खानेकुरा खाने, जंक फुड, चिल्लो तथा गुलियो पदार्थको सेवनले युवा उमेरमै मुटुमा पछिल्लो प्रकारको समस्याले पिरोल्न थालेकोले हामी सबै बेलैमा सचेत हुनुपर्ने बताउनु भयो । शविर तुलसीपुर तुल्सी अस्पतालका बाल रोग विशेषज्ञ डा. किशोर खत्रीको संयोजनमा मुटुरोग विशेषज्ञ डा. चन्द्रमणिको टोलीले सेवा दिएको हो ।

शिविरमा आएका जटिल प्रकारका विरामीलाई मनमोहन कार्डियोथारसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सहयोग गर्ने डा पौडयालले बताएका छन ।
नेपाल पत्रकारमहासंघ दाङकी उपाध्यक्ष नारायणी रजौरे, बंशीकुमार शर्मा, राकेश बस्नेत, शरद रेग्मी, बिकास डागी गोकर्ण पौडयाल लगायतको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता शिद्धरत्न मावी श्रीगाउ बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षा दिपक देवकोटा र प्रमुख अथीति तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टिकाराम खडका भएको कार्यक्रमको सञ्चालन शिक्षक गुरु प्रसाद गौतमले गरेका थिए भने उपस्थित सम्पुर्णलाई बिद्यालयका प्रधानध्यापक श्रीधर शर्मा आचार्यले धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस