एसोसिएट सदस्यमा सन्दिपन रिजाल विजयी

तुलसीपुर / तुलसीपुर उद्योग वाणिज्य संघको एसोसिएट सदस्यमा सन्दिपन रिजाल ३३ मतान्तरले विजयी भएका छन् । रिजालले संयुक्त प्यानल तर्फका उमेद्धवार सुरज ज्ञवालीलाई ३३ मतान्तरले पराजित गर्दै एसोसिएट सदस्यमा विजयी भएका हुन् ।

कुल १०२ मत खसेकोमा रिजालले ६९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस सर्मथनको विनिल केसीको प्यानलबाट उमेद्धवार बनेका थिए ।

यसैबिच, विनिल केसी प्यानलका चिन्तामणी आचार्य संस्थागत सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । आचार्य यस अघिनै सर्वसम्मत भएको निर्वाचन समितिले बताएको छ । निर्वाचित आचार्य र रिजाललाई निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस