काठमाडौं । मुम्बई इण्डियन्स आईपीएलको जारी सिजनमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टीम बनेको छ ।
मुम्बई १२ खेलमा ८ हार ४ जितसहित तालिकाको नवौं स्थानमा रहेको छ ।
दुई खेल खेल्न बाँकी रहेपनि मुम्बई प्लेअफ दौडबाट बाहिरिएको छ । बाँकी दुई खेल जिते पनि मुम्बईका लागि प्लेअफमा पुग्न पर्याप्त हुनेछैन ।
मुम्बईले जारी सिजनका लागि हार्दिक पाण्डेयलाई कप्तान बनाएको थियो । तर, पाण्डेयको कप्तानीमा टीमले निकै खराब प्रदर्शन गरेको छ ।
मुम्बईले पछिल्लो पटक सन् २०२० मा पाँचौं पटक उपाधि जितेको थियो ।
प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार


