एयरपोर्टमा बाजा बजाउनेहरु, दाङको टरिगाउमा चलेन नियमित जहाज

तुलसीपुर । टरिगाउ एयरपोर्ट सञ्चालनका सन्दर्भमा धेरै नेताहरुले बाजा बजाए । धेरै मन्त्रीहरुलाई बाजागाजाले सम्मान पनि गरियो । पर्यटन मन्त्रीहरु सहित नागरिक उड्ययन प्राधिकरणका प्रमुख सहितका पदाधिकारीहरु पनि आए । तात्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट माओवादी नेतृत्वको सरकारमा रहंदा यहि विमानस्थलमा आएर यसको स्तरबृद्धिको घोषणा समेत गरे । फेरी कांग्रेस नेतृत्वको सरकारका पालामा जुम्लाका जिवन शाही, जुन पर्यटन मन्त्री थिए, उनले पनि यो विमानस्थललाई मध्यपश्चिमका हवाइ ट्रान्जिटका रुपमा व्याख्या गरे । तर निरन्तर चल्न सकेन एयरपोर्ट ।

अचेल तात्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट यहि पेशा छाडेर कहाँं पलायन भए पत्तो छैन । अर्का पर्यटन मन्त्री जिवन शाहीको पनि अहिले टरीगाउ एयरपोर्टको वोलि सुनिन छाडेको छ । तुलसीपुर उद्योग वाणिज्यसंघले एयरपोर्ट चलाउन जति प्रयास गरेको थियो, त्यहि अनरुप वर्तमान अध्यक्ष रामप्रसाद चालिसेले पनि अभियानका रुपमा सन्चालन गरे । तर उनको अभियानलाइ पनि आम उद्योगी व्यवसायीहरुले साथ दिएनन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, त्यसपछि हालका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहानगरपालिकाका तात्कालिन अभियन्ता नगर प्रमुख घनश्याम पाण्डे पछि तुलसीपुर उपमहानगरपालिकाकै उपप्रमुख स्यानी चौधरी फेरी पनि भएको एउटा एयरपोटै चलाउनुपर्ने अभियानमा छिन् ।

पछिल्लो समयमा फेरी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि चौधरीको ¥याइ¥याइ छ, तुलसीपुरको एयरपोर्ट चलाउने विषयमा । उनले अधिक्तम पहल गर्दा पनि नागरीक उड्ययन प्राधिकरणले उनको अभियानलाइ खासै गतिलो साथ सफोर्ट दिन सकेको छैन । किनकि यहांबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु बोलि फेरीवा नेता छन् । टरीगाउ नचले देउखुरीमा एयरपोर्टको दिवा सपना देख्नेहरु छन् । टरीगाउमा एयरपोर्ट नचले नारायणपुर खैरा क्षेत्रमा अर्को अन्तराष्ट्रिय एयरपोर्ट बनाउन त यहि क्षेत्रकै तात्कालिन मुख्य मन्त्री शंकर पोख्रेललेनै गरेका हुन । उनले नयां एयरपोर्टको अवधारणा ल्याइरहंदा तात्कालिन तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेलाई टरीगाउ विमानस्थललाइ पाइलट स्कुल बनाउने प्रस्ताव गरेपछि तात्कालिन मेयर पाण्डे पनि मुख्यमन्त्री पोख्रेलकै लयमा लागे । अन्ततः चल्दै गरेको विमानस्थल पनि बन्द भयो ।

विसं २०११ शालदेखि चल्दै आएको विमानस्थल चलाउन नदिने तत्वहरु दंगालीहरु भन्दा पनि बुटवल भैरहवा र नेपालगन्जको राजनिति र व्यवसायी दिर्घामा जोडिएका व्यक्ति हुन् । उनकै रोडम्यापमा चलेका छन् वर्तमान नागरिक उड्ययन प्राधिकरणका डिजि प्रदिप अधिकारी । जुन वेला तुलसीपुरको विमानस्थल कालोपत्रेको डिजाइनको जिम्मा उनैले पाएका थिए, ताकि त्यो एयरपोर्टलाइ माउन्टेन फ्लाइट बाहेक केहि स्तरोन्नती गर्न नमिलोस् । त्यसलाई सच्याउने उनीभन्दा दक्ष प्राविधिक सायद नेपालमा तयार भैसकेका छन् । एलाइनमेन्ट परिवर्तन गरेरै पनि सानो बजेटमा पनि टरिगाउ विमानस्थलको कालोपत्रे गर्न सकिन्छ भन्दा पनि नागरिक उड्ययन प्राधिकरणले त्यसलाइ तिलको पहाड बनाइदिएको छ । ताकि यति धेरै लगानी गर्ने नेपाल सरकारसंग हैसियत छैन ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, त्यसपछि हालका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहानगरपालिकाका तात्कालिन अभियन्ता नगर प्रमुख घनश्याम पाण्डे पछि तुलसीपुर उपमहानगरपालिकाकै उपप्रमुख स्यानी चौधरी फेरी पनि भएको एउटा एयरपोटै चलाउनुपर्ने अभियानमा छिन् । तर स्यानीको अभियानलाइ राज्यले सुन्न सकेको छैन । किनकि खासमा तुलसीपुरको टरीगाउ विमानस्थलको स्तरबृद्धि गरी ७२ सिटे जहाज अवतरण गर्नकालागी कम्तिमा १७ सय मिटरको लम्वाइ र ३ सय मिटरको चौडाइको धावनमार्ग चाहिन्छ भन्ने प्रतिवेदन तुलसीपुरका स्थानिय प्राविधिकको भनाइ छ । त्यसकालागि साढे तीन अर्व बजेट भए पुग्छ । तर नागरिक उड्ययन प्राधिकरणका डिजि प्रदिप अधिकारीले सोहि परीयोजनालाइ तोडमरोड गर्दै ५ अर्ब बजेट अनुमान गरेका छन् । किनकि ठुलो बजेट देखाएपनि कार्यान्वयनमा समस्या होस भन्ने डिजिएमको धारणा छ । त्यसो त स्यानी चौधरी फेरी यहि अभियानकैलागी काठमाण्डौमा छिन् । तुलसीपुरमा नियमित विमानसेवा मेरो दृढ शंकल्प हो ।

उनले त्यसकालागी सर्वदलिय÷सर्वपक्षिय सहमती पनि जुटाउदै छिन् । साथै स्थानिय सरकारका प्राविधिकको प्रतिवेदनलाइ पनि त्यहां लैजाने छिन्, अनि स्थानिय तहका सरकारहरुको सामुहिक प्रतिवद्धता पनि उनले खोजिरहेकि छिन् । दाङ जिल्ला मात्रै नभएर छिमेकि जिल्लाबासीहरुलाइ पनि यो विमानस्थल अपरीहार्य रहेको भन्दै उनले छिमेकी जिल्लाका पालिकाबाट समेत अपुग बजेट व्यवस्थापनकालागी आग्रह गरीने बताएकि छिन् । एयरपोर्टमा भएको अराजनिति तोड्ने र नियमित हवाइ सेवा सन्चालन गर्ने मेरो मुख्य मिशन हो, यसमा सवैको साथ र सहयोगको अपेक्षा गरेकि छु,’, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले भनिन् ।
साभारः साक्षी खबरवाट

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस