कठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य केही घटेको छ ।
मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार


