तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस