काठमाडौं : वर्षाका कारण त्रिकोणात्मक टी–२० आई सिरिजअन्तरगत नेपाल र हङकङबीचको खेल रोकिएको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा हङकङले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ।
खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले एक विकेट लिएको छ। करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका हुन्।
नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन्।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार


