पहिलो हाफमा नेपालविरुद्ध भारतको आधा दर्जन गोल

काठमाडौं। यू–१६ महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ६–० गोलअन्तरले पछाडि परेको हो।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ ।

३ अंक भएको भारत दोस्रो स्थानमा र समान अंक भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस