सेवा थप संगै चुस्त दुरुस्त बनाउने मेरो पहिलो काम – मेसु ठाकुर

धनगढी । सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको मेडिकल सुपरिटेन्डेन्टमा बरिष्ठ कन्सल्टेन्ट बाल रोग बिषेशज्ञ डा.रामकामेश्वर ठाकुरले सेवा थप संगै चुस्त दुरुस्त बनाउने मेरो पहिलो काम हुने वताएका छन ।

वुधवार सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको मेडिकल सुपरिटेन्डेन्टको पदभार सम्हाल्दै सो कुरा वताएका हुन ।
लामो समय दाङको विजौरीमा क्षारसुत्रको जग वसालेका ठाकुरले पछिल्लो चरण नरदेवि आर्यूर्वेदवाट सुदुरपश्चिम प्रादेशिक आर्युर्वेदमा मेसुको पदभार सम्हाल्न पुगेका हुन । नेतृत्व सम्हाले संगै डा.ठाकुरले यहाँको प्रशासनिक र स्वास्थ्य क्षेत्रको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यहाँ भइरहेका सेवाहरुलाई चुस्त दुरुस्त बनाउने र आवश्यक्ता अनुसारका सेवा थप्नका लागी पहल गर्ने कुरामा मेरो जोड रहने नै छ ठाकुरले भने “बिषेसगरी चिकित्सालयको प्रशासनिक सुधार, सुशासन लगायत चौबिसै घण्टा बिषेशज्ञ सेवा लगायत सेवामा मेरो जोड रहन्छ, यहाँको जती सहयोग हुन्छ त्यतीनै यहाँका नागरिकले सेवा पाउने गरी काम गर्ने छु ।”

दशौँ तहको दरबन्दी रहेको चिकित्सालयमा सोही तहको प्रमुख आएपछि अब सेवामा सहज हुने अपेक्षा लिइएको छ । चिकित्सालयमा खाली रहेको प्रशासन प्रमुख लगायत आवश्यक प्रशासनिक कर्मचारीको परिपुर्ती समेत चाँडै हुने डा.ठाकुरले बिश्वास दिलाएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस