दाङ । दंगीशरण गाउँपालिका अन्तरविद्यालय स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज आइतबारदेखि सुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीको संयोजनमा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्की गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री मास्कीले खेलकुद पश्चिम दाङको पहिचान बन्नु पर्ने बताउनु भएको छ ।
खेलकुद मानव स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धिमा यसको महत्वपुर्ण भुमिकालाई आत्मसात गर्दै पश्चिम दाङको पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लाग्नु पर्ने उहाँको भनाई थियो । खेलकुद राष्ट्रको सान र गौरवमा मात्र नभई पश्चिम दाङको पहिचान बन्नु पर्छ यसकस लागि प्रदेश सरकारका तर्फ अग्रनी भुमिका रहने उहाँले बताउनु भयो ।
उहाँले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताउनु भयो । खेलकुद क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गर्ने गरि यसको बिकासमा लागि पर्ने बताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य शंकर गिरीले शिक्षा जत्तिकै लगानी खेलकुदमा हुनु पर्ने बताउनु भएको छ । खेलकुद सिङ्गो राष्ट्रको पहिचान स्थापित गराउने दरिलो माध्यम हो यसर्थ स्थानीय तहले ग्रामिण स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने उहाँले बताउनु भयो ।
दङ्गीशरण गाउँ पालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा दङ्गीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वली खड्का, वडा नं. ६ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक रोषण जंग शाह, वडा नं. ७ का अध्यक्ष रेशम बहादुर वली, वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरी, बिरेन्द्र नमुना मावि विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बिनोद शर्मा, सिद्ध पृथ्वी मावि श्रीगाउँका प्रधानाध्यापक श्रीधर शर्मा, ज्ञानोदय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एमएन शाह, जनता मावि बुटनियाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव बिक लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
रनिङ शिल्ड मुल समिति सदस्य मनोज केसीको स्वागत रहेको कार्यक्रम उद्घाटन समारोहमा मार्चपास तथा विभिन्न कला संस्कृति, भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन दंगीशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।
यसैबीच प्रतियोगिता अन्तरगत आज सम्पन्न एथलेटिक्स ट्रयाक तर्फ १०० मिटर छात्रतर्फ मावि श्रीगाउँका शिवम् एरी प्रथम, श्रीगाउँ लाईफ भिजनका सुनिल चौधरी द्वितीय र बिन्दिबासिनी माविका प्रेम महतरा तृतीय भए । त्यस्तै छात्रातर्फ बिरेन्द्र मावि हेकुलीका नेत्रा डाँगी प्रथम, मावि श्रीगाउँका रोषणि सुनार द्वितीय र श्रीगाउँ लाईफ भिजनका पार्वती चौधरी तृतीय भए ।
यस्तै १५०० मिटर छात्रातर्फ बिरेन्द्र मावि हेकुलीका लुमा भण्डारी प्रथम, श्रीगाउँ लाईफ भिजनका कमला डाँगी द्वितीय र ज्ञानोदय माविका गायत्री बस्नेत तृतीय भए । त्यस्तै छात्रतर्फ मावि श्रीगाउँका अशोक चौधरी प्रथम, बिरेन्द्र मावि हेकुलीका मेघराज भन्डारी द्वितीय र मावि बुटनिया अरुण बिश्वकर्मा तृतीय भएको एथलेटिक्स वरिष्ठ प्रशिक्षक पद्मा चौधरीले जानकारी दिनु भएको छ । यसैगरी आज पहिलो दिन भलिबल र कबड्डि तर्फका पहिलो चरणका खेल भएका छन् ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ८ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत भोलि एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रातर्फ खेलहरु बिहान १० बजेदेखि सुरु हुने प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिनु भएको छ।


