कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कतिले घट्यो ?

काठमाडौँ – कुमारी बैंकले माघ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार पुस महिनाको तुलनामा माघ महिनाको लागि बैंकको ब्याजदर घटेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले माघ महीनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस