दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रेमिट्यान्सको कारोबार सुरु गरेको छ । सहकारीले आज मंगलबारदेखि आईएमई रेमिट सेवा सुरु गरेको हो । संस्थाले आईएमई तथा विभिन्न रेमिट कम्पनीहरुसँग सहकार्य गरेर सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बताए ।
सेवा सुरु भएसँगै अब स्वदेश तथा विदेशबाट पठाएको रकम प्राप्त गर्न सकिने उनले बताए । संस्थाका शेयर सदस्य तथा आमउपभोक्ताहरुले बिना झन्झट तथा सजिलो तरिकाले रकम बुझेर संस्थाबाट रेमिट्यान्स सेवा लिन सकिने उनले बताए । त्यस्तै सदस्यहरुले आईएमई मार्फत प्राप्त रकमले संस्थामा वचत कारोबार समेत गर्न सकिने समेत बताए ।
आईएमईका क्षेत्रीय प्रतिनिधि युवराज योगी र संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर संस्थाको मूख्य कार्यालय तुलसीपुर ७ झुमरेबाट सेवाको शुभारम्भ गरेका हुन् ।
आईएमई सेवा सुरु भएसँगै अब शेयर सदस्य तथा अन्य आमउपभोक्ताहरुलाई पैसा अन्यत्र पठाउन र अन्यत्रबाट आएको पैसा प्राप्त गर्न टाढासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।


