गढवा । दाङमा बेवारीसे अवस्थामा चितुवाको छाला फेला पारेको छ । दाङको गढवा गाउँपालिका- ५ जमुनिवासको जंगलमा बेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले जानकारी दिनुभयो ।
हरियो रंगको प्लास्टिकको झोला बेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताउनुभयो । पुच्छरदेखि टाउको सम्म ७ फिट ४ इच्छको छाला बरामद गरिएको हो । बरामद गरिएको छाला निकासीको लागि त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
छाला ओसारपसारमा संलग्नहरूको पहिचान नभए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो ।
प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार


