दोल्ती पावरको आईपीओ खुल्यो

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० रपैयाँ अंकित मूल्यमा जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुने १० करोड ७२ लाख ९७ हजार २०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ५ लाख ३६ हजार ४८६ कित्ता सेयर जारी गरेको भएपनि उक्त आईपीओमा १ लाख ४१ हजार ८२० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा ३ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस