घाेराही । नेपाल बीउ व्यवसायी तथा पशुपन्छि औषधि व्यवसायी संघको आठौँ बार्षिक साधारणसभा शनिबार घाेराहीमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष खुसीराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिकाे आसनबाट बाेल्दै कृषि ज्ञान केन्द्र घाेराहीका प्रमुख घनश्याम चाैधरीले अबका दिनमा डाटाबेस अनुसार उत्पादनकाे आधारमा अनुदानको कार्यक्रम ल्याउने तयारी गरिरहेकाे बताए । कृषि क्षेत्रमा बजेटकाे कमि रहेको बताउँदै उनले कृषि प्रधान देशमा एकातिर उत्पादनकाे समस्या रहेको छ भने अर्कोतिर उत्पादित बस्तुकाे विक्रि वितरण समस्या रहेको बताए ।
साथै प्रमुख चाैधरीले केन्द्रीय नीतिअनुसार मात्रै नभएर अब वास्तविक किसानकाे पहिचान गरि कृषि अनुदानको व्यवस्था गरिने बताए ।
कार्यक्रममा अर्का अतिथि जिल्ला पशु कार्यालयका प्रमुख सुदाम भट्टले अहिलेकाे अवस्थामा उत्पादनदेखि उपभाेगसम्म शुद्धता अनिवार्य रहेको बताए । साथै उनले सरकारकाे नीतिअनुसार व्यवसाय सञ्चालनमा मर्का परेको बताउदै नयाँ निति आवश्यक रहेको बताए ।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष एक नारायण पाैडेल, दाङ उद्योग वाणिज्य सघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की लगायतले सफलताको शुभकामना दिएका थिए । भुवन खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण पृथ्वी रानाले गरेका थिए ।


