रंगको पर्व होली फाल्गुन शुक्ल पूर्णिमाको दिन पर्दछ । सदभाव, सहिष्णुता, भातृत्वको पर्व होली धुमधामका साथ मनाउने गरिन्छ । नेपालको तराईमा बसोबास गर्ने हिन्दु र मुस्लिम धर्माबलम्बीहरु मिलेर यो पर्व हर्षउल्लासका साथ मनाउने गरेको पाइन्छ । होली पर्व विशिष्ठ संस्कृतिको हो । यो चाडलाई अति महत्वपूर्ण चाडको रुपमा अत्यन्तै हर्षउल्लासका साथ मनाउने गरेको पाइन्छ । फागु चाडमा रंगहरुको प्रयोग गरी रमाइलो गरेर मनाउने गरिन्छ । होली पर्वको सुरुवात कहिलेदेखि भएको हो भनेर ठ्याक्कै मिति त उल्लेख छैन तर हिन्दु धर्मको पुराणसँग प्रशंग जोडिएको छ । दैत्यराज हिरण्यकासिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्नलाई आफ्नी वहिनी होलीकालाई प्रयोग गरेका थिए । उनले वरदान स्वरुप आगोले जलाउन नसक्ने एक प्रकारको ओढ्ना पाएकी थिइन । ओढ्नाको कारण आगोले होलीकालाई नपोल्ने भएकोले उनले बिष्णु भक्त प्रल्हादलाई बलिरहेको आगोमा काखमा राखी पसिन ।
होलीकाको पापको घढा भरिसकेकोले उनको ओढ्ना प्रल्हादको शीरमा पर्यो प्रल्हाद बच्न सफल भए भने होलीका आगोमा जलिन् । बरदान स्वरुप पाएको शक्तिको दुरुपयोग गर्ने प्रवृति भएकी होलीका र आफूलाई भगवान भन्दा श्रेष्ठ मान्ने हिरन्यकसिपुले विधिको शासनलाई छोडेर आफ्नो शक्तिको दुरुपयोग गर्दा आफ्नै अन्त्य भएको शास्त्रमा उल्लेख छ । यस पर्वको जति धार्मिक महत्व बोकेको छ त्यतिनै सामाजिक, राजनैतिक महत्व समेत बोकेको पाइन्छ ।
होली पर्वको सुरुवात कहिलेदेखि भएको हो भनेर ठ्याक्कै मिति त उल्लेख छैन तर हिन्दु धर्मको पुराणसँग प्रशंग जोडिएको छ । दैत्यराज हिरण्यकासिपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्नलाई आफ्नी वहिनी होलीकालाई प्रयोग गरेका थिए ।
एकअर्कामा भएका दुश्मनी तथा द्वैष भाव विर्षीय र एक आपस सम्बन्धमा सुधार गरी एक अर्कामा मित्रता, आत्मियता, सद्भाव बढाउदै जाने चाडकोरुपमा होलीलाई लिइन्छ । होलीका समयमा अहिले केहि विकृतिहरु हुने गरेका पनि सुनिन्छन् तसर्थ होलीका दिनमा हुने विकृति भित्रिन नदिई यसलाई सद्भावको चाड बनाउनु पर्छ । होली आत्मियताको चाड हो यसले टाढिएको सम्बन्धलाई समधुर सम्वन्ध कायम गरोस् तर निकट रहेको सम्बन्धलाई टाढा नबनाओस् । विशेषगरी होलीमा रातो, पहेंलो, हरीयो तथा निलो रंगको प्रयोग हुन्छ । यी रंगको पनि आफ्नै प्रकारका विशेषता रहेका छन् । रातो रंगलाई शक्ति, सौभाग्य, शाहस तथा प्रेमको, पहेंलो रंग भगवान विष्णु तथा श्रीकृष्णको प्रिय रंगका सथै धार्मिक प्रवृतिको रंग, हरियो रंगलाई जीवनको लक्ष्य प्राप्ति तथा जीवन शक्तिको प्रतीकको, निलो रंगलाई धर्मयुद्धको प्रतीक रुपमा साथै सेतो रंगलाई सफा शुद्धताको प्रतीकको रुपमा मानिन्छ । होलीमा प्रयोग गरिने यी रंगको विशेषता जस्तै यस पर्वले पनि मानव जीवनलाई समेत रंगिन बनाउछ ।
नेपालमा मिलीजुलि सरकार छ । केही असन्तुष्ट दल तथा व्यक्तिहरुले केही जायज मागसँगै थुप्रै मागहरु राख्दै आएका छन् । ती मागहरुलाई कसैले जायज मानेका छन् भने सत्ता पक्षले मौन बसेको छ । नेपाली जनता बिभाजित भएका छन् । यी सवैलाई होली पर्वले रङीन बनायोस् । नेपाली नेता जनता तथा आम नेपालीहरुका लागि यो होलीले आत्मियता, भाइचारा, सद्भाव ल्याओस् त्यतै छिमेकीहरु बिचको सम्बन्ध प्रगाढ बनोस् । नेपाली जनताहरुको बीचको सम्बन्ध यो होलीले आत्मियता र सद्भाव ल्याओस् । नेपालमा देखापरेको आर्थिक संकटलाई समाधान गर्नेतर्फ सकारात्मक सोचको विकास गरोस् । फेरी नेपाललाई विश्वले शान्तिको देशको उपमा दिदै भगवान बुद्धको देश जहाँ सत्य, शान्ति, अहिंसा, आत्मियता भाईचारा जिवितै रहेको छ भनि विश्वकै एक इतिहास बनाओस् यो होलीले । होलीले साँच्चिकै सद्भाव ल्याओस् सबैलाई शुभकामना ।


