काठमाडौं । सुनको भाउ आज पुनः बढेको छ । गत शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज (आइतबार) सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।
तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार


