आज सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । आज तोलामा एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस