बझाङ । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । दार्चुला, सुदूरपश्चिमका डोटी, बैतडी, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।
पश्चिम नेपालमा लामो समय ठूलो भूकम्प नगएका कारण भूकम्पको ठुलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार


