गाेल्टाकुरी । राष्ट्र र संविधान सभा रक्षाकाे लागि गठवन्धन आवश्यक भएकाे एक कार्यक्रमका सहभागिले वताएका छन् ।
लाेकतान्त्रिक बाम गठबन्धन चुनाव प्रचारप्रसार समिति दंगिशरण २ काे आयाेजनामा भएकाे चुनावी सभाका सहभागिले अहिले गठवन्धन अपरिहार्य भएकाे वताए ।
सभालाई संवाेधन गर्दै प्रतिनिधि सभा सदस्यकाे लागि गठवन्धनका उमेदवार दिपक गिरीले एमालेले शक्ति र सत्ताकाे आडमा संविधानकाे हत्या गर्न खाेजेकाे आरोप लगाए ।
काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले संविधन नरहे राष्ट्रनै खतरामा पर्न सक्ने भएकाे हुदा गठवन्धन आवश्यक परेकाे बताए ।
चुनव प्रचारप्रसार समितिका संयाेजक शरदिन कुसारीकाे अध्यक्षतामा भएकाे सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उमेदवार धनबहादुर मास्किले वलिकाे तानाशाह प्रवृतिले गठन वन्धन जन्माएकाे वताए । देशमा ठुलाठुला परिवर्तन काँग्रेस र माओवादिकाे सहकार्यमा सफल भएकाे वताउदै यस पटककाे लडाई पनि सहकार्यमै सफल हुने बताए ।

कार्यक्रममा काँग्रसका क्षेत्रिय प्रतिनिधि पिमा खड्का, माओवादीका धनबहादुर चाैधरी लगाएतले बोलेका थिए भने कार्यक्रमकाे सहजिकरण माओवादिका मदन घर्तिले गर्नुभएकाे थियाे ।


