तुलसीपुरमा यमाहा मेगा एक्सचेन्ज महामेला सुरु

तुलसीपुर । तुलसीपुर–६ को घोराही रोडमा रहेको ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले यमाहा मेगा एक्सचेन्ज मेला सुरु गरेको छ । प्रालिले घोराही रोड हात्तिखौवास्थित कात्तिक ०२ बुधबारदेखि यमाहा फेस्टिभल ह्याट्रिक सुरु गरेको छ ।

कार्तिक ०२ गतेदेखि सुरु भएको यमाहा एक्सचेन्ज मेलामा कात्तिक ०८ गतेसम्म लाग्ने प्रालिका मेनेजर लंक खड्काले जानकारी दिए ।

खड्काकाअनुसार यमाहा फेस्टिभल ह्याट्रिक मा हरेक दिन तीन जनालाई स्मार्ट टिभि प्रदान गरिनेछ साथै पक्का उपहार अन्तर्गत ६ हजार र ३० मिनेटमा यमाहा इजी फाइनान्स लगायतका अफरहरु रहेका छन् । त्यस्तै यसवर्षको दसैं–तिहार र छठमा यमाहासँग हुनुहोस् वल्र्ड कप २०२२ को लागि रेडी भन्दै यमाहा मेला सुरु भएको छ ।

७ दिनसम्म सञ्चालन हुने उक्त मेगामेलामा जुनसुकै कम्पनी तथा ब्राण्डको बाइक तथा स्कुटरहरु अपग्रेड तथा एक्सचेन्ज गर्न वा बाइक तथा स्कुटरको प्रचलित बजार मुल्यभन्दा ७ हजार थपसहित मुल्यांकन गरिने भएकाले उक्त महामेलाबाट सबैलाई सेवा लिन आग्रह गरेका छन् ।

साथै यमाहाको बाइक तथा स्कुटरको नगद खरिदमा ८ हजार देखि एक लाख सम्मको छुट, जिरो प्रतिशत व्याजदर र फानान्सको सुविधा उपलब्ध रहेको प्रा.लिका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए । साथै फ्रि एशोसरिज, हेल्मेट, बाइक कभर, स्पोर्टस व्याग, ग्लोब्स, म्युजिकल प्रोग्रामलगायत फ्रि चेकअपको पनि व्यवस्था गरिएको छ ।

उक्त मेगामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन प्रालिका मेनेजर खड्काले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस