तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वका लागि राजनीतिक सहमतिबाट भागवण्डा भएको छ ।
भागवण्डाअनुसार जसको अध्यक्षमा काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सचिबमा एमाले र कोषाध्यक्षमा विप्लवलाई भाग परेको छ । त्यस्तै सदस्यहरुमा सबै पार्टीलाई भागबन्डा मिल्ने गरि एक÷एक वटा दिने सहमति भएको छ ।
जसमा एकीकृत समाजवादी, जनमोर्चा, जनता समाजवादी, बैद्य नेतृत्वका क्रान्तिकारी माओवादी र राप्रपालाई एक÷एक वटा सदस्य दिने सहमति भएको छ ।
तुलसीपुरका सबै राजनीतिक दलका प्रमुखसहित बसेको बैठकले यस्तो सहमति गरेको हो । खानेपानी संस्थाको निर्वाचन पुस १७ गते तोकिएको छ ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार


