काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधारणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।
कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
यो कम्पनीले गण्डकी प्रदेश अन्तर्गत लमजुङ्गको दोर्दी गाउँपालिकामा बहने दोर्दी खोलाको पानी प्रयोग गरी जलविद्य्त् आयोजन निर्माण गरिरहेको छ। आयोजनाको करिव ७० प्रतिशत काम सकिएको छ। यो आयोनजाले असोज २०७८ बाट विद्युतको व्यापारिक उत्पादन गर्ने लक्ष्य अगाडि सारको छ।
हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।


