दाङ । राप्रापाका केन्द्रीय सदस्य स्वर्गीय तिलकराम मज्गैया, कमल विश्वकर्माको निधनमा राप्रपा दाङले शुक्रबार शोकसभा आयोजना गरेको छ । घोराही उपमहानगरपालिका—७ वेलहरीमा स्वर्गीय तिलकराम शर्मा मज्गैयाको घरमा तथा कमल विश्वकर्माको घोराही स्थित राप्रपा पार्टी कार्यालयमा शोकसभा सम्पन्न भएको छ ।

शोकसभामा बोल्दै प्रमुख अतिथि तथा राप्रपाका पूर्व महामन्त्री धवल समसेर जवराले स्वर्गीय व्यक्तित्वहरुले पार्टीमा पु¥याएको योगदानको चर्चा गरेका थिए । मुलुकमा पछिल्लो समयमा भ्रष्टाचार र शुसासनको अवस्था कमजोर हुँदा आफुहरुले चाहेको जस्तो लोकतन्त्रको अनुभूति हुन नसकेको भन्दै भ्रष्टाचारमुक्त समाजको पक्षमा राप्रपालाई थप क्रियाशील बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
शोकसभामा राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रीय कार्यसम्पादन सदस्य टोपबहादुर शाह, मिना स्वर्णकार, दामोदर भण्डारी, बंशीकुमार शर्मा, भुपाल रावत, नरेशजंग राणा, अमर वली, डा. भोलानाथ योगी, लिला यादव, मिना श्रेष्ठ, ऋषिराज देवकोटा, हरी देवकोटा, छोटिलाल थारु, कर्ण बहादुर केसी, सहअध्यक्ष हंशराज केसी, चुर्ण बहादुर वली, ढुंडीराज कंडेल लगायतको सहभागिता थियो ।

जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मृतकका छोराहरु विमल सेपाईली र राजकुमार शर्माले धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव श्रीमणी न्यौपानेले गरेका थिए ।


