काठमाडौं । मलेसिया र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ । समितिले मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो ।
सुनुवाइका क्रममा खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी प्रश्न उठेका थिए ।
त्यस्तै, सुनारको हकमा जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विवरण सार्वजनिक भएपछि उनको नियुक्तिका विषयमा प्रश्न उठेका थिए । उनीमाथि उठेका विभिन्न प्रश्न र आरोपबारे समितिमा छलफल भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार


