सुनचाँदीको मूल्य बढ्यो, प्रतितोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुन प्रतितोला २ लाख ९२ हजारमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस